Logo

२७ फागुन,वीरगञ्ज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदानमा ५६ पोका रगत संकलन भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वासुगौलीमा सम्पन्न आयोजित कार्यक्रमबाट पोका रगत संकलन भएको हो ।
रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएकोले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
पटेर्वासुगौली गाउँपालिका वडा नं.१ मा आयोजित कार्यक्रममा ४ जना महिलासहित १८ जनाले रक्तदान गरेका थिए । गादीयानी मदर्सा प्राङगणमा सहज सेवा सिप बिकास केन्द्र पटेर्वासुगौलीले वडा स्तरिय रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रगतदान जीवन दान, रगतदान महादान, सेवा नै धर्म हो भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम पटेर्वासुगौली गाउँपालिकाको सहयोग तथा वडा नं.१ कार्यालयको समन्वयमा सम्पन्न भएको हो ।
वडा नं. १ का वडा अध्यक्ष फरमान मिँया अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोषी कुमारी, शिव ज्योती देवी, सोनम चौधरी, कान्ती चौधरी, श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास, अफताव आलम गद्दी, सन्जित साह कानु, रामकुमार चौधरी, अनिल राउत थारु लगायतले रगतदान गरेका जितेन्द्र कुशवाहाले बताए ।

कार्यक्रममा रक्तसंन्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक उपलब्ध गराएका थिए ।
यसैबिच वीरगञ्ज महानगरपालिकास्थित होटल क्लार्क रिसोर्टमा सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ३ जना महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।
राउण्ड टेबल नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा उनीहरुले रगतदान गरेका हुन् । रक्तदान गर्नेहरुमा सुशिला भुजेल, निशा लामा, सरिता देवी, अनिल प्रसाद कुर्मी, बिकास कुमार, दिनेश सुनार लगायतका रहेका मनिष कुमार साहले बताए ।


सम्बन्धित समाचार