Logo

२९ फागुन,वीरगञ्ज । नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो। सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ।
योसँगै पौडेलले २३ वटा जनसङ्गठन हाक्ने जिम्मा पाएका छ्न्। आफूले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन्।

‘मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो। यसलाई अझै लोकप्रिय बनाउँदै ८४ मा एमालेको बहुमतको सरकार बनाउन जनसंगठनहरुलाई सक्रिय रुपमा जनजनमा परिचालित बनाउनेतर्फ मेरो प्राथमिकता हुनेछ।’ उनले भने, ‘जनसंगठनहरुले अब पार्टीको मुद्दा सँगसँगै होइन जनताको पनि मुद्दा पहिलो प्राथमिकताको साथमा बोक्नुपर्छ। हामी मधेस प्रदेशमा एमालेका जनसंगठनलाई जनताको संगठन बनाउँनेछौं।’

सो बैठकले सङ्गठन विभाग प्रमुखमा अध्यक्ष चन्देश्वर मण्डल, स्थानीय विकास विभागमा प्रमुखमा उपाध्यक्ष बिचारी यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव आरती भण्डारी, आर्थिक विभाग प्रमुखमा उपसचिव मोहम्द कैसलाई जिम्मेवारी दिएको प्रदेश कमिटी सदस्य वीरबहादुर गोलेले जानकारी दिए।


सम्बन्धित समाचार