Logo

२९ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट एकजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नंं. ८ बस्ने ५५ वर्षका ध्रुब कुमार रहेका छन् । शंकास्पद रुपले हिडिँरहेका उनको साथमा रहेको सेतो प्लाष्टिकको झोलाबाट लागुऔषध गाँजा फेला पारेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता ध्रुब कुमार श्रेष्ठले जानकारी दिए । उनको साथबाट ३ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रवक्ता श्रेष्ठले बताए ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित कवाड गोदामबाट ५ केजी लागुऔषध गाँजा बरामद गरेको जनाएको छ । लागुऔषध गाँजा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको प्रवक्ता श्रेष्ठले बताए ।

गोदामभित्र लुकाइछिपाई राखिएको तिन पोकामा लागुऔषध गाँजा ५ केजी ८०० ग्राम फेला पारेको प्रहरी बताउँछ ।
गोदाम संचालक भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा बस्ने ३० वर्षका अरविन्द कुमार गुप्ता भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार