Logo

२१ चैत,वीरगञ्ज । सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्टले बीरगन्जमा आफ्नो दोस्रो महाधिवेशनको आयोजना गर्ने भएको छ ।लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्टको महाधिवेशन आयोजक कमिटिले आज एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

महाधिवेशन आयोजक कमिटिका कन्भेनर लायन प्रकाश बाहेतीले यही २४ चैतदेखि दोस्रो महाधिवेशन हुन लागेको बताए । वीरगञ्जको क्लार्क रिसोर्टमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक कमिटिले जनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सहभागितामा महाधिवेशनको उदघाट्नशत्र हुने कार्यक्रमको कार्यतालिका रहेको आयोजक कमिटिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । लायन्स क्लब इन्टरनेशनलको महाधिवेशनमा देशभरिबाट ४ सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने आयोजक कमिटिले जनायो ।


सम्बन्धित समाचार