Logo

२ वैशाख,वीरगञ्ज । पर्साको ठोरी गाँउपालिकास्थित वृद्धाश्रममा उपकार सेवा नेपाल नामक सस्ंथाले खाद्यन्न सामग्री वितरण गरेको छ । गाँउपालिकाको वडा नम्बर १ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा सस्ंथाले खाद्यन्न सामग्री वितरण गरेको हो ।

आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाहरुको लागी सामग्री वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए ।

आश्रममा साबुन, सर्फ, मञ्जन, दाल, चामल, नून, तेल, चिउरा, पिठो, चना, केराउ, चाउचाउ, विस्कुट लगायत विभिन्न साईजको डाईपर, सेनेटरी प्याड, हर्पिक र फिनाईल वितरण गरिएको उनले बताए ।

आश्रमको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।


सम्बन्धित समाचार