Logo

३ वैशाख,वीरगञ्ज । सर्लाहीमा जनता समाजवादी पार्टी ९जसपा० का पूर्वसांसदमाथि आक्रमण भएको छ । जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको हो ।

सर्लाहीको हरिपुर नगरपालिका–६ मा आइतबार राति उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।

राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरी बताउँछ । सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेर रवि पासवान र निकेश साह समेत घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साहलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।


सम्बन्धित समाचार