Logo

८ वैशाख, वीरगञ्ज । २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा पनि जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सेवा दिनेछ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

उक्त सूचनामा २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सुचना अनुसार विक्रम संवत २०८१ साल बैशाख १ गते देखि चैत्र महिनासम्मका १९ वटा सार्वजनिक विदाका दिन पनि सार्वजनिक सेवा प्रदान गरिने छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल अनुसार  यस बर्ष गणतन्त्र दिवस, शहिद दिवस, रामनवमी, घटस्थापना, क्रिसमस डे, ल्होसार, गणतन्त्र दिवस, रक्षाबन्धन, बुद्ध जयन्ती, उभौंली पर्ब, महाशिवरात्री, माघी पर्ब, पृथ्वी जयन्ती, इद उल फित्र, बकर ईद, राष्ट्रिय प्रजातन्त्र दिवस, श्रीकृष्ण जन्माष्टमी लगायतका पर्ब र दिवस गरी १९ दिन सार्बजनिक बिदा दिइएको भएपनि यो दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने छ ।

आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको उक्त सूचना मार्फत जानकारी गराइएको छ ।

यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको सूचना  ↓


सम्बन्धित समाचार