Logo

९ वैशाख,बारा । बाराको रमौली स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिट उद्योगमा आगलागी हुँदा १ करोड १५ लाख रुपैयाको क्षती भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित नेपोभिट उद्योगको १०१० के.भि.को जेनेरेटरमा आगलागि भएको उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारले जानकारी दिनुभयो ।
१ करोड १५ लाख रुपैयामा खरिद गरिएको जेनेरेटर पुरै जलेर काम नलाग्ने भएको उहाँले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाबाट गएको बारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरुको साहयताले आगलागी नियन्त्रणमा आएको थियो । बारम्बार भईरहेको लोडसेडिङ्गले जेनेरेटरमा समस्या आई आगलागी भएको प्रबन्ध निर्देशक रौनियारले जिकिर गर्नुभयो ।


सम्बन्धित समाचार