Logo

फाइल फोटो

१२ वैशाख, पर्सा। पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा आगलागी भएको छ । आगलागीबाट पाँचवटा घर, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।

स्थानीय लक्ष्मी साह, जंग बहादुर पटेल, हरिन्द्र साह, जोगिन्द्र साह, तेठ साहको घरमा आगलागी भएको पीडित पवन पटेलले बताउनुभयो । आगलागीबाट घरमा राखिएको धान, गहुँ र लत्ताकपडा जलेर नष्ट भएको छ । पोखरिया नगरपालिकाबाट गएको वारुण यन्त्र, इलाका प्रहरी कार्यालय लंगडी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुर र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भईरहेको ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।


सम्बन्धित समाचार