Logo

२२ वैशाख,वीरगञ्ज । वीरगन्ज महानगरपालिकास्थित पाँचहजार वृक्षरोपण गरेर व्यवसायिक कृषि खेतीको सुरुवात गरिएको छ । महानगरपालिकाको वडा नम्बर १६ इनवरुवाका युवा रमेश पटेलले आफ्नो जग्गामा पाँचहजार विरुवाको वृहत वृक्षरोपण गरी व्यवसायिक खेती सुरु गरेका हुन् ।

आर्थिक मन्दीले नेपालमा युवाहरु बेरोजगार र निरुत्साहित हुदै बाध्य भइ अन्तिम विकल्पको रुपमा रोजगारीका लागि विदेशिनु परेको अवस्थामा वीरगन्जको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको गतिविधिले प्रोत्साहित भई युवा रमेश पटेलले विभिन्न फलफूलका विरुवा रोपेर व्यवसायिक खेती सुरु गरेका हुन् ।

नेपालमा बेरोजगारीका कारण युवाहरु बाध्य भएर विदेशिनु नपरोस भन्ने अभिप्रायले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले युवाहरुलाई उत्साहित र प्रेरित गरेपछि व्यवसायिक रूपमा रमेशले वृक्षरोपण गरेका हुन् ।

वृक्षरोपण कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, भारतीय वाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिणा, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।


सम्बन्धित समाचार