Logo

२३ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साको निर्वाचनमा ५३३ मत खसेको छ । कुल ५९५ मतदाता रहेको मध्ये ५३३ जनाले मत ससालेको निर्वाचन अधिकृत भोजराज ढकालले बताए ।

अधिवेशन भएको पाँच दिन पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्साको निर्वाचन प्रक्रिया हिजो सम्पन्न भएको हो ।

सोमबार बीरगंजमा शुरु एमाले पर्साको ९ औं अधिवेशन पछाडि पदाधिकारी तथा सदस्यहरु छनौटका लागि हिजो मध्यान्हदेखि निर्वाचन सुरु भएको थियो ।

एमाले पर्साको अध्यक्षमा डां विश्वम्भर शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा पनि धेरैको संख्यामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्ष सहित अन्य पद तथा बाँकी सदस्यहरुका लागि निर्वाचन सम्पन्न भएको निर्विरोध अध्यक्षमा निर्वाचित भएका डा.विश्म्भर शर्माले बताए । मतमरिणामा आज आउने निर्वाचन समितिले जनाएको छ ।


सम्बन्धित समाचार