
२३ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साको निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
मतपरिणामा अनुसार उपाध्यक्ष पदका उम्मेदवार मनोज गुप्ता १२१ मत ल्याएका छन् ।
उनका प्रतिदवन्दी लालबाबु शेखको ६२ मत छ । फाराकिलो मतान्तर रहेको हुँदा उपाध्यक्षमा गुप्ता कै विजयी हुने आंकलन गरिएको छ ।
कुल मतदाता संख्या ५९५ रहेकोमा ५३३ जनाले मतदान गरेका निर्वाचन अधिकृत भोजराज ढकालले जानकारी दिए ।
५३३ मत मध्ये २०० मत गन्दा सचिवमा नवराज शर्मा २५ मत ल्याएर अगाडी छन् । भने उनका प्रतिद्वन्दी महेश दास ८२ मत प्राप्त गरेका छन् ।
यस्तै उपसचिवमा नविजान मियाँ अगाडी रहेका छन् । उनी प्रतिदवन्दी रामकिशोर सिंह परागभन्दा १ मतले अगाडी छन् ।
मियाँले ७५ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी परागको ७४ मत छ । महिला उपसचिवमा सिता लामा ६ मतले अगाडी छिन् । लामा ८५ मत प्राप्त गरेकी छन भने प्रतिद्वन्दी गिता भण्डारी ७९ मता ल्याएकी छन ।
लेखा समितिमा शिवजी गुप्ताको जीत निश्चित देखिएको छ । उनी १०१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी अत्याधिक मतले पछाडी रहेका छन् । उनका निकट प्रतिद्वन्दी सागिर अंसारी ६९ मत ल्याएका छन् ।
यसैगरी सन्तोष सिंह ६१ र आरोहण साह ६० मत प्राप्त गरेका छन् । हाल मतगणना जारी छ ।
अध्यक्ष पदमा डा. विश्वम्भर शर्मामा निर्विरोध निर्वाचित भईसकेका छन् ।