Logo

फइल फोटा

२४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा स्कुल भ्यानमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २१ कुर्थामा एक निजी स्कुलको भ्यानमा आगलागी भएको हो ।

शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा आज बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले कुर्थाबाट स्कुलतर्फ आउने क्रममा भ्यानमा आगलागी भएको पुष्टि गरे ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै उनले जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जनाए ।

आगलागीबाट स्कुल भ्यानमा भने क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनायो ।


सम्बन्धित समाचार