Logo

 

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।

पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताउनु भएको छ । नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले एकताका लागि दुवै पक्ष मिल्नु पर्ने बताउनु भयो ।

लामो समयपछि आज विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा. कोइरालाले बीपीले जनताका लागि राजनीति गरेको सम्झिँदैं ‘विपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो, उनले भने,’ आज हामीले सोच्नुपर्ने बेला आएको छ—हामी कसका लागि राजनीति गर्दैछौँ ? ’

उहाँले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठूलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको बताउनुभयो ।

आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्ने बताए । पार्टीभित्रको आन्तरिक कलह र विभाजनलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाई छ ।

कांग्रेस अहिले खुम्चिएर दोस्रो पार्टी बनेकोमा दुःख व्यक्त गर्दै उनले गाउँ–गाउँमा अझै पनि कांग्रेसको जनलहर रहेको दाबी गर्नुभयो ।


सम्बन्धित समाचार