Logo

२४ वैशाख,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकिय अधिकृतको स्वागत गरिएको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी नयाँ प्रमुख प्रशासकिय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीको स्वागत गरिएको हो ।

पर्सागढिका नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । चैत्र १ गते पर्सागढिमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रामदत भट्टले चैत्र २८ गते सम्म कार्यभार समालेको र उनको संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत रहेका चन्द्रवंशी बढुवा भई संघिय मामिला तथा प्रशासन मन्त्रालयबाट पर्सागढिमा आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशीलाई स्वागत गर्दै नगरप्रमुख पाठकले जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगबाट मात्र पर्सागढीको मुहार फेर्न सकिने जनाए ।

उनले कुनै पनि शाखाको कार्यमा सेवाग्राहीहरु लाई दुख नदिइ सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । यसैगरी प्रमुख प्रशासकिय अधिकृत चन्द्रवंशीले कार्यभार सम्हाल्दै सुशासनलाई ध्यानमा राखेर कानुन अनुसार जनप्रतिनिधि र कर्मचारी हातोमालो गरि अगाडि बढ्ने बताए ।

स्वागत कार्यक्रममा पर्सागढि नगरपालिका वडा नं. ४ र ९ का वडा अध्यक्ष शेख खुर्साेद, रामबढाई प्रसाद यादब, पर्सागढि नगरपालिकाका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्राविधिक शाखा प्रमुख जङ्गबिजय साह र सहजीकरण स्वास्थ्य तथा समाजिक बिकास शाखा प्रमुख नारायणप्रसाद पौडेलले गरेका थिए ।


सम्बन्धित समाचार