Logo

३ जेठ,काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटनको स्थितिमा पु¥याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी निकट बुद्धिजीवीहरूको सङ्गठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधि सभा विघटनसम्म पु¥याउन खोजेको बताएका हुन् ।

‘एमाले ७६ (३) धारा उपधारामा जान खोजिरहेको छ, ‘प्रचण्ड’जीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ ३ मा गइसकेपछि (ओली) कसैलाई स्विकार्ने पक्षमा हुनुहुन्न’ उनले भने ।

संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।

‘धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शङ्का गरिरहनुपर्दैन’, कोइरालाले भने ।

अब काँग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताएका छन् । अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए ।


सम्बन्धित समाचार