Logo

७ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशका विश्वविद्यालयहरूमा विद्यमान राजनीतिकरण र भागबण्डाको संस्कृतिलाई आगामी चार वर्षभित्र पूर्ण रूपमा समाप्त पार्ने घोषणा गर्नुभएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अब विश्वविद्यालयमा कुनै पनि प्रकारको राजनीतिक दबाब वा हस्तक्षेप सैह्य नहुने स्पष्ट पार्नुभएको हो ।

विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले प्रशासनिक नियुक्ति, सरुवा वा बढुवा जस्ता कार्यहरू राजनीतिक दलको भागबण्डाका आधारमा नभई पूर्ण रूपमा योग्यता, क्षमता र ‘मेरिटोक्रेसी’ को आधारमा मात्र सञ्चालन हुने अङ्गीकार गर्नुभयो ।

प्राज्ञिक वातावरण सुधार्न सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले आफ्नै वा अन्य कुनै पनि राजनीतिक दलबाट अनुचित दबाब आएमा त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने र विश्वविद्यालयको स्वायत्तता हरहालतमा जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार