७ साउन, काठमाडौं । सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल गठन गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ ।
आम द्वन्द्वपीडित समुदायको सहभागितामा आयोजित उक्त प्रदर्शनका क्रममा पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने कुनै पनि न्यायको निर्णय पीडितका लागि मान्य नहुने आवाज उठाइएको थियो ।
प्रदर्शनमा सहभागीहरूले सरकारले गठन गर्ने आगामी आयोग पूर्ण रूपमा विश्वसनीय र पारदर्शी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने प्रमुख माग राखेका छन्। राज्य पक्षबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडितहरूले पारदर्शी ढङ्गले आयोगहरूलाई पूर्णता दिन जोड दिएका छन् ।





















