७ साउन,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा घरको भर्याङबाट लडेर एक वृद्धा घाइते भएकी छन्।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १२ः३० बजे स्थानीय सोनुलाल चौधरीकी श्रीमती ७० वर्षीया सुमित्रा चौधरी आफ्नै घरको भर्याङ (सिँढी) बाट लडेर घाइते भएकी हुन्।
घाइते चौधरीलाई उनका छोरा बधनाथ चौधरीले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले दिउँसो करिब १ः४५ बजे उनलाई वीरगञ्जस्थित NMC अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
अस्पतालका अनुसार घाइते चौधरीको छातीमा भित्री चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।
घटनाबारे प्रादेशिक अस्पताल कलैयामा खटिएको प्रहरीबाट जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट इनर्वाशिराबाट प्रहरी वरिष्ठ हवल्दार नवल किशोर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




















