Logo

७ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहमा भाग लिन पुगेका शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले चर्को नाराबाजी र प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयको कार्यक्रमस्थल बाहिर शिक्षामन्त्रीलाई लक्षित गर्दै उत्रिएका प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका थिए । विश्वविद्यालयभित्रको बेथिति र राजनीतिक हस्तक्षेपविरुद्ध आवाज उठाएका पाँच जना युवालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको छ ।

वार्षिकोत्सव समारोहमा शिक्षामन्त्री सहभागी हुने भएपछि युवाहरूको एक समूह प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएको थियो । उनीहरूले राज्यका विभिन्न निकाय र शैक्षिक संस्थामा हुने वंशवाद तथा कृपावादको विरोध गर्दै ‘मेरिटोक्रेसी’ (योग्यतावाद) को पूर्ण पालना गर्नुपर्ने माग राखेका छन् ।

साथै, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने लामो समयदेखिको परम्परागत व्यवस्था खारेज गर्नुपर्ने र शैक्षिक क्षेत्रमा भइरहेको दलगत राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्नुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।


सम्बन्धित समाचार