७ साउन, काठमाडौं । सुन र चाँदीको भाउमा सामान्य बढोत्तरी, आज कतिमा हुँदैछ किनबेच रु काठमाडौँ स् नेपाली बजारमा पहेँलो र सेतो धातुको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको भाउ उकालो लागेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।यता, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।
बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो ।




















