७ साउन, काठमाडौं । घरेलु हिंसाका पीडित महिलाहरूले न्यायको माग गर्दै गरेको आन्दोलनले नयाँ मोड लिएको छ ।
अदालतमा विचाराधीन रहेका मुद्दाहरूको छिटो सुनुवाइ हुनुपर्ने र न्याय पाउनुपर्ने मागसहित केही दिनदेखि आन्दोलनरत रहेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रमा पुगेर उनीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा प्रवेश गरी निषेधित क्षेत्र तोडेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभएको छ ।




















