Logo

६ जेठ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको आयोजनामा वडा नं ३ स्थित विवाह भवनमा शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेखा चौधरीको सभापतित्व तथा प्रदेश सभासद शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा शिविर आयोजना गरिएको थियो । योग शिविरमा स्थानिय ५० जना नागरिकहरुलाई प्रशिक्षण दिइएको डा. रामबाबु साहले बताए ।

बैद्य निरिक्षक दिनेश साहले शिविरमा प्रशिक्षण दिएका थिए । त्यस्तै शिविरमा बिभिन्न रोगको चेकजाँच तथा आयुर्वेद औषधी समेत वितरण गरिएको छ ।शिविरमा कम्लपित्त, बाथरोग, उदर रोग, छातीको रोग, स्त्री रोग, छाला रोग, मुत्र रोग, पत्थरी, जन्डिस, मधुमेह लगायतको रोगको उपचारका लागि आयुर्वेद औषधी वितरण गरिएको हो ।

शिविरमा डा. नन्दकिशोर प्रसाद कुशवाहा, डा. शिवनारायण प्रसाद गुप्ता, डा . पुनिता केशरी,डा. नवीन रौनियार, डा. रामबाबु साहले बिरामीहरुलाई चेकजाँच गरेका थिए ।


सम्बन्धित समाचार