Logo

२१ जेठ,काठमाडौं । सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् ।

तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसैगरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ ।

माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेश सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको ओलीको सचिवालयको भनाइ छ ।

त्यसभन्दा पहिले बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट गरेका थिए ।  सो भेटमा संसद् चलायमान बनाउनेबारे छलफल भएको बताइएको छ । विधेयकहरूका विषयमा पनि छलफल भएको थियो ।

पछिल्लो समय मधेस सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरूबीच असमझदारी बढेको छ ।


सम्बन्धित समाचार