Logo

२३ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन प्रदेश सभाको कार्यालयमा पुगेका छन् । सभामुखले विश्वासको मतसम्बन्धीको कार्यसूचि नसारेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन सदनमा पुगेका हुन ।

प्रदेश सभाको बैठक स्थगन भएको करिब सवा घण्टा पछाडि प्रदेश सभाको थप कार्यक्रम सुरु गरिएको छ । दश मिनेटका लागि स्थगित सदनको बैठक मुख्यमन्त्री यादव आउने प्रतिक्षामा करिब सवा घण्टा ढिलो सुरु भएको हो ।

विरामी परेको भन्दै मुख्यमन्त्री यादवले आज लिन भनिएको विश्वासको मतसम्बन्धीको कार्यसूचि सार्ने प्रस्ताव गरेका थिए । तर मुख्यमन्त्री यादवको उक्त प्रस्ताव अस्वीकार गर्दै सभामुख रामचन्द्र मण्डलले सदन चलाउने निर्णय गरेका थिए ।

सभामुखले सदनको कार्यसूचि नसार्ने भनेपछि मुख्यमन्त्री यादवले अन्ततः विश्वासको मत लिन तयार भएका थिए ।


सम्बन्धित समाचार