Logo

२५ जेठ, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर १ र २ को बैठकले विभिन्न निर्णयहरु गरेको छ । बुधबार बसेको बैठकमा क्षेत्रगत रुपमा रिपोर्टिङ गरिसकेपछि कार्यविभाजन समेत गरेको छ ।

नेकपा माओवादी केन्द्र पर्साका इञ्चार्ज विजय महतोको विशेष उपस्थितिमा बसेको बैठकले पूर्व जिल्ला सदस्यहरुलाई क्षेत्र नम्बर १ र २ तथा वीरगन्ज महानगरपालिकाको वडामा सदस्यता नविकरण, वितरण तथा कमिटि गठनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ मा सागिर आलम, ३ मा प्रभाकर गुप्ता, वडा नम्बर ४ मा शेष चाँदातारा, वडा नम्बर ५ मा सुरेन्द्र गुप्ता, वडा नम्बर ६ मा दुर्गा क्षेत्री, वडा नम्बर ९ र १० मा प्रभाकर गुप्ता, वडा नम्बर ११ मा राजु बैठा र हिरा भट्टराई, १२ मा सबा अन्सारीलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै वडा नम्बर १३ मा हिरा भट्टराई, वडा नम्बर १४ मा कमल बहादुर पिठाकोटे मगर, वडा नम्बर १५ मा रामदरश कुश्वाहा, वडा नम्बर १६ मा सुरेन्द्र गुप्ता, वडा नम्बर १८ मा टुनटुन तिवारी, २१ मा गजाधर पटेल, २२ मा व्यास याहदव, २३ र २४ मा राजु बैठालाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै वडा नम्बर ३० र ३१ मा नन्दकिशोर पञ्जियार र ३२ मा प्रभु यादवलाई जिम्मेवारी तोकिएको छ । बाँकी रहेका वडाहरुमा नजिकका वडामा जिम्मेवारी पाएकाहरु र क्षेत्रका इञ्चार्जहरुले हेर्ने जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिए ।


सम्बन्धित समाचार