Logo

२९जेठ,ठोरी । पर्साको ठोरी गाउँपालिका –५ , सानोबाघमोर्चाको हुलाकी सडकमा मङ्गलबार दिउसो सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

बिरगंजबाट ठोरी आउँदै गरेको ना ५९ प ६३९२ को मोटरसाईकल र विपरित दिशा ठोरीबाट बिरगंज जाँदै गरेको मधेस प्रदेश ०३–००२ स ७६४ नम्बरको मालसामान बोक्ने अटो दुर्घटना हुँदा अन्दाजी २५ वर्षीय ठोरीका युवा रोशन खवास घाइते भएका हुन्। घाइते खवास ठोरी –२, सुन्दरवस्तीका स्थायी बासिन्दा रहेको विजयवस्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्म उप्रेतीले जानकारी दिनुभयो ।

घाइतेको दाहिने खुट्टा र दाहिने हात र टाउकोमा गम्भीर चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरी सहायक निरीक्षक उप्रेतीले बताउनुभयो । तिब्र गतिमा आइरहेको मोटरसाइकल अनियन्त्रित भएर अटोमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिए । घाइतेलाई उपचारको लागि बिरगंज लगिएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार