Logo

२३ असार,काठमाडौं । गुजरातको सूरतमा छ तले भवन भत्किँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।

१२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए । भग्नावशेष हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।

गुजरातको सुरतको सचिन पाली गाउँमा यो ६ तले भवन भत्किएको थियो । यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको हो । घटनाको समयमा यति ठूलो आवाज आयो कि वरपर बस्ने मानिसहरूले भूकम्प आएको हो कि भन्ने सोचेका थिए।

आवाज सुनेपछि मानिसहरु घरबाट बाहिर निस्कँदा नजिकैको भवन भत्किएको देखे ।

 


सम्बन्धित समाचार