Logo

२४ साउन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज प्रदेश मातहतका सरकारी कार्यालयहरुको अनुगमन गरेका छन् ।

प्रदेश मातहतमा रहेका चार वटा सरकारी कार्यालयहरुको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन । जनताको काममा कर्मचारीहरुबाट हेलचक््रयाइ हुन थालेको जन गुनासा आउन थालेपछि मुख्यमन्त्री सिंहले सरकारी कार्यालयका कर्मचारीहरुको निरीक्षण गर्न गरेका हुन ।

मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्लाको कार्यालयको गरी ४ वटा सरकारी कार्यालयहरुको निरीक्षण गरेका थिए । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले कृषि मन्त्रालय, वन निर्देशनालय, शिक्षा निर्देशनालय र पुर्वाधार विकास कार्यालय धनुषाको निरीक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

निरीक्षणका क्रममा कर्मचारीहरु अझपनि समयमा कार्यालय नआउने गरेको पाइएको मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार आज भएको अनुगमनमा पनि अधिकांश कर्मचारीहरु बाहिर नै रहेको पाइएको छ ।

अनुगमनमा नीति नियम नै पालना नगरेपछि प्रदेश सरकारले त्यसतो कर्मचारीलाई स्पष्टीकरण पत्रसमेत काटिसकेको उनले बताए । उनले भने, ‘सरकारले काटेको स्पष्टीकरण पत्रमा चितबुझ्दो जवाफ आएन, भने हामी गलती अनुसारको कारबाहीको सिफारिस गर्नेछौं ।’

सरकारी कर्मचारीहरुको बारेमा जनगुनासो आउन थालेपछि मुख्यमन्त्रीको कार्यालयले नियमित अनुगमन गर्ने नीति अवलम्बन गरेको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्रीको यो दोस्रो अनुगमन हो । यसअघि प्रदेश सरकारमा रहेका अधिकांश मन्त्रालयहरुको छड्के अनुगमन गरेका थिए ।


सम्बन्धित समाचार