Logo

४ फागुन, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ६ चैनपुरमा नेपाली काङ्ग्रेसको १०० दिने बिशेष अभियान कार्यक्रम आज शुरु भएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिती क्षेत्र नम्बर– २ को आयोजनामा आज भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य माननीय डाक्टर शशांक कोईरालाले रुपान्तरण गर्नको लागि काङ्ग्रेसले १०० दिने अभियान लियर आएको र समाजमा जानुपर्ने र रुपान्तरण ईमान्दारिता र सहिष्णुताको कारणले मात्र रुपान्तरण आउने बताए ।

राजनिती कहिले पनि आफुले आफ्नो लागि नगरेको र राजनिती बिशुद्ध जनताको सेवाको लागि गरिने भएको हुनाले जनताको सेवामा लाग्न नेता कार्यकर्ताहरुलाई अनुरोध समेत गरे । काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री स्व सुशील कोईरालाको योगदानको कारण लोकतान्त्रिक संविधान बनेको र यसको कार्यन्वयन सबैले गर्नुपर्ने बताए ।

नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन पास र संसोधन गर्ने मुख्य जिम्मेवारी रहेको हुनाले बालबिवाह तथा जबर्जस्ती करणी जस्ता कानुन चाडै संसोधन हुने र देवानी फौजदारी सम्बन्धित कानुन पनि संसोधन गरिने बताए ।

उनले मधेस मै ठुलो समस्याको रुपमा रहेको बिवाहाको उमेर संसोधन गर्ने तैयारी भईरहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला कार्यसमिति कार्यबाहक सभापति रामनारायण कुर्मी, पूर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, जिल्ला कार्यसमिति पर्साका उपसभापति असोक गुप्ता, पूर्व मेयर लोकनारायण यादव, नितेन्द्र प्रसाद साह, उपमेयर अर्चना चौधरी, नेपाली काङ्ग्रेस महानगरका सभापती मणिन्द्र नेपाली, नेपाली काङ्ग्रेस महिला संघ पर्साका जिल्ला सभापति किरण देवी लगायत महाधिवेशन प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाली काङ्ग्रेस पर्सागढी नगर कमिटिका सचिब अर्जुन गिरिले गर्नुभएको थियो । भने सहजीकरण क्षेत्रीय सचिव रन्जित पटेलले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार