Logo

१९ फागुन,काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार