Logo

२१ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणलाई राम्रो काम गर्नेलाई कार्यसम्पादन शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोडसेडिङको अन्त्यदेखि अहिलेसम्म निरन्तर उचाइमा लगिरहेको बेलामा निरन्तर स्पष्टीकरण सोधेर सरकारले के सोचेको हो ? त्यो विषयवस्तुको बारेमा ध्यानाकर्षण गराउँछु ।’

उनले कुलमानबारे के भएको हो सदनलाई जानकारी गराउन माग गरे ।


सम्बन्धित समाचार