Logo

४ वैशाख,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमान कायम गर्दै तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो।

बिहीबार मात्र सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले बढेको हो। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार, चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा पुगेको छ।


सम्बन्धित समाचार