Logo

५ वैशाख, चितवन । मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको बस मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति १ः०० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

प्रहरीका  अनुसार बससडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइते १० जनाको हेटौँडा अस्पताल र अन्यको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार