Logo

९ वैशाख,वीरगञ्ज । लामो समयदेखि हराइरहेकी एक आमालाई फेला पारी सफलतापूर्वक उनको परिवारसँग पुनर्मिलन गराइएको छ। कोल्हबी नगरपालिका वडा नम्बर–१, खैरा टोल निवासी ती आमालाई खोजेर उनका छोरा राम प्रसाद अधिकारीलाई जिम्मा लगाइएको हो।

पारिवारिक पुनर्मिलनको यो कार्य सफल पार्न सहयोग गर्ने मानव सेवा आश्रमका देवेश गुप्ता र प्रकाश थारु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। विशेषगरी आश्रमलाई सधैँ माया गर्ने रसिक सुवेदीप्रति कृतज्ञता व्यक्त गरिएको छ। उनको निरन्तरको सहयोग र सद्भावले यस्ता मानवीय कार्यहरू सम्भव भएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

यस पुनर्मिलनले परिवारमा खुशियाली छाएको छ भने सहयोगी मनहरूले सधैँ यस्तै उदाहरणीय कार्य गर्दै जाने प्रेरणा प्राप्त भएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवसेवाले बताए ।


सम्बन्धित समाचार