Logo

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूबाट उठाउँदै आएको प्रतिनिधि शुल्क खारेज गरेको छ ।

महाधिवेशनको अवधि लम्बिएको र केही प्रतिनिधिहरूमाथि आर्थिक भार परेको गुनासोलाई मध्यनजर गर्दै पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन् । यसअघि प्रत्येक प्रतिनिधिले अनिवार्य रूपमा बुझाउनुपर्ने ५ हजार रुपैयाँको शुल्क अब आवश्यक नरहेको र स्वेच्छिक बनाइएको पार्टीले जनाएको छ ।

अघिल्लो व्यवस्थाअनुसार शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्यामा परेका वा फिर्ता लिन चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गरेर उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको सभापति लामिछानेले बन्दसत्रमा जानकारी गराएका छन् ।

रास्वपाले महाधिवेशनका क्रममा चितवनमा सहभागी प्रतिनिधिहरूलाई आवास, खानपिन र अन्य व्यवस्थापनमा कुनै पनि कठिनाइ भएमा तत्काल पार्टीका सम्बन्धित निकायमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ। भरतपुरमा जारी रास्वपाको महाधिवेशन अहिले बन्दसत्रका साथ अघि बढिरहेको छ ।


सम्बन्धित समाचार