
९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा तत्कालको लागि स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा परिक्षा स्थगित गएिको बोर्डले जनाएो छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए ।
कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।