
१० बैशाख, काठमाडौँ । अप्रिल २३ अर्थात् विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो ।
यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ। यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो।
यो दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने बताइन्छ ।