Logo

१० बैशाख, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको कडा निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आक्रमणमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

हमलामा एक नेपाली नागरिक पनि परेको प्रारम्भिक जानकारीलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले नेपाल सरकार सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो। आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्’, विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।


सम्बन्धित समाचार