
११ वैशाख,काठमाडौं । देशका विभिन्न पाँच स्थानमा पाँच जनाको शव फेला परेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली नदीमा अन्दाजी ४५ वर्षीय एक पहिचान नखुलेका पुरूष मृत अवस्थामा भेटिएका छन्। सल्यानको दार्मा गाउँपालिका–५ बाध्नेमा सडक छेउमा रूकुम पश्चिम त्रिवेणी गाउँपालिका–९ का ६० वर्षीय मान सिंह कसेरा मृत फेला परेका छन्।
इलामको चुलाचुली गाउँपालिका–२ हात्तिलेदामा ८४ वर्षीय रहिमान कुरुङफोङ आफ्नै मकै बारीमा मृत अवस्थामा भेटिएका छन्। रौतहटको गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा वृन्दावन नगरपालिका–७ का सुरूज राय यादवका १४ वर्षीय छोरा कृष्ण प्रसाद यादव मृत फेला परेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पुर्णागिरी टोलस्थित मलरिया नालामा सोही ठाउँका ३५ वर्षीय प्रेम सुनार मृत अवस्थामा भेटिएका छन्।