
१२ वैशाख,लहान । क्रिएटिभ युथ सर्कलले एसईई २०८२ को नतिजा कुरिरहेका विद्यार्थीहरूका लागि ’मिस्टर एण्ड मिस एसईई लहान २०८२’ को अन्तिम अडिसन आउँदो शनिबार, बैशाख १३ गते लहानस्थित होटल सूर्यमा आयोजना गर्ने भएको छ।
विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन भइरहेको यो कार्यक्रम यसअघि नै दुई चरण सफलतापूर्वक सम्पन्न भइसकेको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट ३० जनालाई कक्षा ११ र १२ मा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।
यो छात्रवृत्ति एसईई दिएर बसेका विद्यार्थीहरूका लागि उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण अवसर हुनेछ। क्रिएटिभ युथ सर्कलले विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको छ।
वाईबी फिल्म्स प्रोडक्सन प्रा.लि.द्वारा प्रस्तुत, क्रिएटिभ युथ सर्कलद्वारा आयोजित र मिथिला प्रोडक्सनद्वारा व्यवस्थापन गरिएको कार्यक्रममा सोनू कर्ण र ज्योति चौधरीले कोरियोग्राफी गरेका छन् । कार्यक्रमलाई सफल पार्न मनमोहन कर्णको नेतृत्वमा जयप्रकाश कर्ण, रोशन मुखिया, एमडी. राजा अन्सारी, ज्योति चौधरी, धीरज महतो, प्रकृति कर्ण र राकेश गिरीको टोली सक्रिय रुपमा काम गरिरहेका छन् ।