Logo

१३ वैशाख,वीरगञ्ज । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर वीरगञ्जमा आज शनिबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले घण्टाघर चोकमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताका अनुसार रक्तदान गर्नेहरूमा सरुना नेसा, बलराम प्रसाद, सुरज प्रताप साह, राजेश साह, विकेश सिंह, छुनीलाल चौधरी, कृष्ण पुडासैनी, श्रीराम यादव, मुकेश सहनी, सन्देश कुमार, राजेन्द्र भट्टराई लगायत रहेका थिए।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेशका अध्यक्ष केदार देवको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका मधेस प्रदेशका सह–इन्चार्ज अर्जुन चिमोरिया प्रमुख अतिथि थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रृजकिशोर पटेल, प्रभाकर गुप्ता, बेनि प्रसाद तिमल्सिना, कृष्ण प्रसाद पुडासैनी लगायतको पनि उपस्थिति रहेको थियो।

 


सम्बन्धित समाचार