
१३ वैशाख,वीरगञ्ज । ब्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले हेल्थ असिस्टेन्ट (एच.ए) लाइसेन्स परीक्षामा नाम निकाल्न सफल भएका आफ्ना छात्राहरूलाई आज एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदद्वारा गत वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालित स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षामा ब्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनका छात्राहरूले शतप्रतिशत सफलता हासिल गरेका हुन्।
एच.ए लाइसेन्समा उत्तीर्ण हुने छात्राहरूमा आस्था साह, राज नन्दनी जैसवाल, अन्नु यादव, पुष्पा कुमारी ठाकुर र मिन्चु पटेल रहेका छन्।
ब्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनका सञ्चालक एवं कार्यक्रमका अतिथि डा. अनुपम उपाध्यायले उत्तीर्ण छात्राहरूको उज्ज्वल भविष्यको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै डा. उपाध्यायले छात्राहरूको मिहिनेत र लगनशीलताको प्रशंसा गरे।