Logo

१४ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २३, सबैठ्वा निवासी स्वर्गीय सुरेन्द्र रामकी छोरी कविता रामको विवाह यही वैशाख २४ गते हुँदैछ। आमा सबितादेवीलाई विवाह खर्च जुटाउन कठिनाइ भइरहेको खबर पाएपछि उपकार सेवा नेपालले सहयोग गरेको छ।

घरमा आमाबाहेक अरू कमाउने कोही नभएकी सबितादेवीलाई विवाहको तयारीमा समस्या परेको थियो। उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले यो कुरा थाहा पाएपछि संस्थाको तर्फबाट कविताको विवाहका लागि खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको हो।

संस्थाले ६० किलो चामल, २० किलो दाल, २० किलो पिठो, १० लिटर खानेतेल, २० किलो चिउरा, १० किलो चिनी, ३० किलो आलु, १५ किलो प्याज, मसला लगायत बेहुला र बेहुलीका लागि २ सेट विवाहको कपडा, बेहुलीकी आमाको लागि कपडा र अन्य विवाहका आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी र सदस्य पद्मा देवी सरावगी आफैं सबैठ्वास्थित कविताको घरमा पुगी सबितादेवीलाई सम्पूर्ण सामग्रीहरू हस्तान्तरण गरेका छन्। आर्थिक रूपले कमजोर परिवारलाई सहयोग गरेर उपकार सेवा नेपालले उदाहरणीय कार्य गरेको छ।


सम्बन्धित समाचार