
१४ वैशाख,काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आज शिक्षक र प्रहरीबीच भएको झडपपछि नेपाल शिक्षक महासंघले थप रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ।
महासंघका महासचिव तुलाबहादुर थापाले बैठक जारी रहेको जानकारी दिएका छन्।
शिक्षकहरू विगत २६ दिनदेखि काठमाडौंमा विभिन्न माग राख्दै आन्दोलनरत छन्। आइतबार भने उनीहरूको शान्तिपूर्ण आन्दोलनले नयाँ बानेश्वरमा प्रहरीसँग झडपको रूप लिएको थियो।
यस घटनापछि महासंघले भावी कदमबारे छलफल गर्न बैठक आयोजना गरेको हो।
बैठकले झडपको घटनालाई कसरी अगाडि बढाउने र आफ्ना मागहरूलाई थप प्रभावकारी रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा रणनीति तय गर्ने अपेक्षा गरिएको छ।