
१५ बैशाख, काठमाडौँ । चट्याङ लागेर गोरखामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।
आइतबार साँझ वर्षासहित परेको चट्याङ लागेर घरमा बसिरहेका शहीद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। खनालको सदरमुकामस्थित प्रदेश अस्पताल गोरखामा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
चट्याङ लागेर नै पालुङटार नगरपालिका वडा नं ७ बस्ने वर्ष ५० कि सुकमाया आले र उनकी बुहारी वर्ष १८ कि विपना आले घाइते भएकाको र उनीहरुको चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।