Logo

१७ बैशाख, वीरगञ्ज । महिला नेतृत्व सशक्तिकरणका लागि दुईदिने कार्यक्रम बिरगंजमा सुरु भएको छ । होटल वीरगञ्ज गेटवेमा “महिला नेतृत्वको लागि अभियान“ अन्तर्गत फ्रन्टलाइन महिला नेताहरूको क्षमता मूल्यांकन र सुदृढीकरणसम्बन्धी दुईदिने विशेष कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको भूमि समस्या समाधान आयोगका पर्सा जिल्ला अध्यक्ष तबरेज अहमदले उद्घाटन गरेका थिए । उद्धघाटन मन्तव्यमा उनले महिला नेतृत्वको सशक्तिकरण समाज र राष्ट्रको समृद्धिका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले महिलाको सक्रिय सहभागिता राष्ट्रको समग्र विकासमा निर्णायक बन्न सक्ने जिकिर गरे ।

दलित महिला संघ, बिरगंज पर्साको आयोजना र ओमेन फन्ड एशियाको सहयोगमा भएको कार्यक्रममा भिम आर्मीका केन्द्रीय संयोजक सुनिल राम, सामाजिक अभियन्ता सलमा खातुन, बृज लाल पासवान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वडा सदस्य संगीता दासले गरेकी थिईन् । कार्यक्रममा सहभागी महिला नेतृहरूले आफ्नो अनुभव साटासाट गर्दै नेतृत्वका चुनौतीहरू, अवसरहरू तथा समाधानका उपायहरू प्रस्तुत गरेका छन् ।

कार्यक्रममा सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, आयोजक संस्थाले दीर्घकालीन रूपमा महिला नेतृत्व सशक्तिकरणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा सहभागी नेतृहरूले समाजमा सुधार र प्रभावकारी नेतृत्व विकास गर्न विभिन्न पहलहरूमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


सम्बन्धित समाचार