Logo

१७ बैशाख, काठमाण्डौ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा भर्खरै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यान्यी चिन्हद्वारा सुशोभित गरिएको छ ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई हार्दिक बधाई ज्ञापन गरे । साथै, उनले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे।

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक एवं मानवश्रोत व्यवस्थापन र संगठनको बृहत्तर हितका लागि आवश्यक विभागीय कार्ययोजना, नीति निर्माण र दीर्घकालीन महत्वका रणनीतिक योजनाहरू निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्न निर्देशन दिए।

उक्त दर्ज्यान्यी सुशोभन कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार