Logo

१८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा वाणिज्य बैंकलाई नीति निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। बैंक सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नीति निर्देशन पालना नगरेको पाइएपछि यी बैंकहरूलाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई नीति निर्देशन पालन गर्न सचेत गराइएको छ।

यसैगरी, नेपाल बैंकका सीईओलाई सचेत गराउँदै पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएकाले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ ८७ पैसा जरिवाना गरेको छ।


सम्बन्धित समाचार