Logo

१८ बैशाख वीरगञ्ज। नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण तथा सम्मान कार्यक्रम आज वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ । तर, कार्यक्रममा पर्सा जिल्लामा नेकपा एमालेभित्र चलिरहेको गुटबन्दीको छायाँ प्रष्ट देखिएको छ ।

शपथ ग्रहण कार्यक्रममा एउटा पक्षको अनुपस्थिति रहेको थियो । यस विषयमा प्रमुख अतिथि योगेश भट्टराईले सम्बोधन गर्दै अनुपस्थित नेताहरूलाई कार्यक्रममा उपस्थित हुनुपर्ने सुझाव दिए । उनले निर्वाचनको नतिजा सबैले स्वीकार्नुपर्ने र पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

भट्टराईले आगामी निर्वाचनमा एमालेबाटै प्रतिनिधि चयन गरी चुनाव लडाइने पनि बताउदै बजेट निर्माणको समय भएकाले मधेश प्रदेशको बजेटका लागि प्रधानमन्त्रीसँग भेटघाट भएको र मधेश प्रदेशमा राम्रो बजेट आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जैसवाल, जालिम मियाँ, अरविन्द सिंह, विजय कुमार सरावगी, सुष्मा कुश्वाहा, प्रल्हाद गिरी, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसी। लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार